स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि १–० गोल अन्तरको जित हात पारेको छ।
शनिबार भएको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरेका थिए।
यससँगै बार्सिलोनाले लिगमा १२ खेलबाट ३१ अंक हात पारेको छ।
एक खेल कम खेलेको रियल मड्रिडले ११ खेलबाट ३१ अंक हात पारेको छ।
57
Shares
प्रतिक्रिया