ad ad

खेल


आर्सनल बराबरीमा रोकिँदा म्यानचेस्टर सिटीलाई फाइदा

आर्सनल बराबरीमा रोकिँदा म्यानचेस्टर सिटीलाई फाइदा

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार ७:१७, काठमाडौँ

जारी सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि होडमा अग्रस्थानमा रहेको आर्सनलले बराबरी खेलेको छ।

आर्सनलको यो बराबरीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने फाइदा मिलेको छ। आर्सनल र सिटीबीचको अंकदूरी अब २ अंकमा झरेको छ।  

आइतबार राति आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेपछि सिटीसँगको अंकदूरी ४ बाट २ मा झरेको हो।

खेलमा आर्सनलका लागि ११ औँ मिनेटमा ग्रेनाइट जाकाले गोल गर्दै अग्रता दिलाएका थिए। तर साउथह्याम्प्टनले दोस्रो हाफमा बराबरी गर्यो।

साउथह्याम्प्टनका लागि खेलको ६५ औँ मिनेटमा स्टुअर्ट आर्मस्ट्रागले गोल गरेपछि खेल बराबरीमा आयो।

अंकतालिकामा संघर्ष गरिरहेको साउथह्याप्टनसँग बराबरी खेलेपछि सिटीलाई सजिलो भएको छ।

यो बराबरीपछि आर्सनलले २८ अंक बनाउँदा सिटी २६ अंकसहित दोस्रो स्थानमा छ। साउथह्याम्टनले १२ अंकसहित रेलिगेशन जोनभन्दामाथि पन्ध्रौँ स्थान कायम गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .