ad ad

खेल


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लोगो र मस्कट राराबाट सार्वजनिक गरिने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लोगो र मस्कट राराबाट सार्वजनिक गरिने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १३:२७, काठमाडौँ

गण्डकी प्रदेशको पोखरामा असोज २८ गतेदेखि शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन हुँदै छ। उक्त समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा दिने कार्यक्रम रहेको छ। 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र संज्यालका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समामनसँगै अब कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएको हो।

‘यो भन्दा अगाडी कर्णालीमा विभिन्न समयमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता हुने हल्ला चले पनि निश्चित भएको थिएन। ‘सदस्य सचिव संज्यालले भने, ‘आज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनसँगै प्रधानमन्त्री ज्यूले दशौं खेलकुद प्रतियोगिता आयोजनाको झण्डा कर्णाली प्रदेशलाई औपचारिक रुपमा दिएसँगै दशौं खेलकुद प्रतियोतिता कणालीमा हुने निश्चित भएको छ।’

यस्तै, कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको बिहीबार झण्डा ग्रहण गरे पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट भने राष्ट्रिय खेलकुद परिषद्को बैठकले राराबाट सार्वजनिक गर्ने भएको छ। 

स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको चर्चित पर्यटकीय स्थल रारामा बस्ने राष्ट्रिय खेलकुद परिषद्को बैठकको सञ्चालन भने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .