खेल


नवौँ राष्ट्रिय खेलकुद : एथलेटिक्समा त्रिभुवन आर्मी क्लब च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद : एथलेटिक्समा त्रिभुवन आर्मी क्लब च्याम्पियन

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार ११:५, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

पोखरा रगंशालामा बिहिबार सकिएको एथलेटिक्समा आर्मीले १९ स्वर्ण, १३ रजत र १३ कास्य पदक जित्दै कुल ४५ पदकका साथ पहिलो स्थानमा रहेको छ। 

शसस्त्र प्रहरीको एपीएफले समान १० स्वर्ण, रजत र कास्य जित्दै कुल ३० पदकका साथ दोस्रो भएको छ। १५ पदक जितेको एपीएफ तेस्रो स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले २ स्वर्ण, ७ रजत र ६ कास्य गरि कुल १५ पदक जितेको छ। प्रदेश १, मधेसप्रदेश, सुदुरपश्चिम प्रदेश र एनआरएनए पदक विहिन रहे ।

बागमती र लुम्बिनीले समान ७, गण्डकीले ४, कर्णालीले २ र  सुदुरपश्चि प्रदेशले १ पदक जितेको छ। 

बागमती प्रदेशले २ स्वर्ण, १ कास्य र ४ रजत, गण्डकीले १ स्वर्ण, ,१ रजत र २ कास्य पदक हात पारेको छ। लुम्बिनी प्रदेशले २ स्वर्ण, ४ रजत र १ कास्य तथा कर्णालीले १ स्वर्ण,  १ रजत र १ कास्य पदक जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .