ad ad

खेल


टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १६:२, काठमाडौँ

नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल पुलिस क्लब च्याम्पियन भएको छ। 

पोखरामा बुधबार सकिएको प्रतियोगितामा पुलिस क्लबले ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जितेको छ। शसस्त्र प्रहरीको एपीएफले १ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै दोस्रो भएको छ। 

१ रजत र २ कास्य पदक जितेको बागमती प्रदेश तेस्रो स्थानमा रहेको छ। आर्मी, एनआरएनए र प्रदेश १ ले समान २ कँस्य पदक जिते। आयोजक गण्डकी प्रदेशले १ कास्य जितेको छ। 

बुधबार महिला सिंगल्सको स्वर्ण पदकका लागि भएको स्पर्धामा नवीता श्रेष्ठले एलिना महर्जनलाई ४–३ सेटले पराजित गरिन्। एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक पाए। 

पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जिते। उनले महर्जनलाई ४–१ को सेटमा हराउँदै स्वर्ण जिते। नेपाल पुलिस क्लबका कप्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदकमा चित्त बुझाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .