भारतीय कांग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। उनी शशी थरुरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
बीबीसीका अनुसार खड्गेले ७ हजार ८९७ र थरुरले १ हजार ७२ मत पाएका छन्। कुल खसेको ९ हजार ५ सयमध्ये ४१६ मत बदर भएको छ।
थरूरले नवनिर्वाचित अध्यक्ष खड्गेलाई बधाई दिएका छन्।
‘कांग्रेसको अध्यक्ष बन्नु ठूलो सम्मान र जिम्मेवारी हो। म मल्लिकार्जुन खड्गेजीको सफलताको कामना गर्दछु। एक हजारभन्दा बडी सहयोगीहरुको समर्थन पाउनु मेरा लागि अहम् थियो।’
भारतीय कांग्रेस पार्टीको १३७ वर्षको इतिहासमा सोमवार छैठौं पटक पार्टी अध्यक्ष पदका लागि निर्वाचन भएको थियो। पार्टीको नेतृत्व अधिकांश समय गान्धी परिवारको हातमा रहेको थियो।
153
Shares
प्रतिक्रिया