नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको पाँच हजार मिटरको दौडमा बागमतीकी सन्तोषी श्रेष्ठले स्वर्णपदक हात पारेकी छिन्।
बुधबार भएको प्रतिस्पर्धामा उनले निर्धारित दूरी १७ मिनेट ५.२९ सेकेण्डमा पूरा गरेकी हुन्।
प्रतिस्पर्धामा दोस्रो भएकी नेपाल प्रहरीकी राजपुरा पहाईले निर्धारित दूरी १७ मिनेट १२.०५ सेकेण्डमा पूरा गरिन्।
आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तेस्रो भइन्। उनले १८ मिनेट ३ सेकेण्डमा दौड पूरा गरिन्।
39
Shares
प्रतिक्रिया