नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ४ सय मिटर महिला र पुरुष दौडमा राष्ट्रिय कीर्तिमान बनेको छ।
पोखरा रगंशालामा मगंलबार भएको एथलेटिक्सको ४ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमाल र महिलातर्फ एपीएफ क्लबकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
पुरुषतर्फ सोमबहादुरले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै ३० वर्ष लामो कीर्तिमान तोडेका हुन्। यसअघि सन् १९९ मा चिनमा आसाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन्। आसारामले ४८.३२ सेकेण्डमा किर्तिमान कायम गरेका थिए।
एपीएफका आशिष चौधरीले ४९.४० सेकेण्डमा दुरी पार गर्दै रजत पदक जित्दा आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझाए।
महिलातर्फ एपीएफकी रमिता कुमारी थारुले ५८.१० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितिन्। रमिताले २०१९ मा चीनको हुवानमा तुलसा खत्रीले ५९.५७ सेकेण्डमा बनाएको कीर्तिमान तोडिन्।
यो स्पर्धामा आर्मीकी निर्मला थारुले १ मिनेट ००.१४ सेकेण्डमा दुरी पार गर्दै रजत जितिन्। आर्मीकै कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेण्डमा दुरी पार गर्दै कास्यमा सीमित भइन्।
Shares
प्रतिक्रिया