ad ad

खेल


अस्वस्थताका कारण गौरिकाले छाडिन् पौडीका तीन इभेन्ट

अस्वस्थताका कारण  गौरिकाले छाडिन् पौडीका तीन इभेन्ट

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०७९ आइतबार ९:२५, काठमाडौँ

पौडीकी किर्तिमानी खेलाडी गौरिका सिंहले अस्वस्थताका कारण नवौँ राष्टिय खेलकुद अन्तर्गत पौडीको तीन इभेन्ट छाडेकी छिन्।

पौडीको पहिलो इभेन्टपछि स्वास्थ्यमा समस्या आएपछि उनले शनिबारका दुई र आइतबारका एक इभेन्ट छाडेकी हुन्। 

उनले आइतबार  २ सय मिटर फ्रिस्टाइल, १ सय मिटर ब्याक स्ट्रोक र ४ गुण १ सय मिटरर रिलेमा गरि ४ इभेन्टमा स्पर्धा गर्ने तालिका छ। 

पोखराको फिस्टेल एकेडेमीमा जारी प्रतियोगितामा गौरिकाले आइतबारको पहिलो इभेन्ट  ८ सय मिटर  फ्रिस्टाइलको हिट छोडेकी हुन्। 

उनले पहिलो दिनको १ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिए पनि फाइनल राउन्डमा सहभागी हुन सकिनन्। अस्वस्थताकै कारण उनले २ सय मिटर ब्याक स्ट्रोकबाट उनले नाम फिर्ता लिएकी थिइन्। 

११ इभेन्ट्समा भाग लिन आएकी गौरिकाले अब ८ वटा इभेन्ट्समा स्पर्धा गर्न बाँकी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .