ad ad

खेल


एनआरएनएविरुद्ध प्रदेश १ को प्रोटेस्ट सदर, ८ राष्ट्रिय खेलाडीले खेल्न नपाउने

एनआरएनएविरुद्ध प्रदेश १ को प्रोटेस्ट सदर, ८ राष्ट्रिय खेलाडीले खेल्न नपाउने

नेपालखबर
असोज २९, २०७९ शनिबार १३:२५, काठमाडौँ

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उद्घाटन खेलमा गैर आवासिय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय टोलीका खेलाडी खेलाएपछि प्रदेश १ हालेको प्रोटेस्ट सदर भएको छ। 

प्राविधिक समितिका सचिव प्रचण्ड शर्माका अनुसार एनआरएनएले ८ खेलाडीलाई एनआरएनए प्रमाणित गर्न नसकेपछि उनीहरुले खेल्न नपाउने भएका हुन्।

एनआरएनले नियमविपरीत सिनियर टोलीका खेलाडीलाई मैदान उतार्न लागेपछि प्रदेश १ ले खेलअघि नै विरोध गरेको थियो।

एनआरएनले आफ्नो टिममा राखेको राष्ट्रिय टिमका ८ जना खेलाडीले खेल्न नपाएसँगै नतिजा प्रदेश १ को पक्षमा गएको छ। 

पहिलो खेलमा एनआरएनले प्रदेश १ लाई २–० ले हराएको थियो। एनआरएनएका लागि संजोक राई र विमल घर्ती मगरले गोल गरेका थिए। 

एनआरएनको टोलीमा अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोक राई, विमल घर्तीमगर, विशाल राई, इशान खड्का र अशोक खवास छन्। 

खेलपछि प्रदेश १ ले साँझ नै नवौँ राष्टिय खेलकुदका संयोजकलाई दावी विरोध बुझाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .