नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका अवसरमा पोखरामा अतिसबाजी गरिएको छ।
शुक्रबार साँझ पोखरा रंगशालामा खेलाडीहरुले अतिसबाजी गरेर रमाइलो गरेका हुन्।
करिब चार घण्टा चलेको उद्घाटन समारोहमा ४० मिनेटजति अतिसबाजी गरिएको छ।
गण्डकी प्रदेशको पोखरामा सुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे।
औपचारिक उद्घाटन आज भएपनि प्रतियोगताका कैयौँ खेलहरु असोज २३ गतेदेखि नै गण्डकी प्रदेशका विभिन्न जिल्लामा सुरु भइसकेका छन्।
राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडी सहभागी हुँदैछन्।
असोज २८, २०७९, शुक्रबार
प्रतिक्रिया