सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकमा नेपाल एपीएफ क्लबले प्रदेश १ माथि सानदार जित हात पारेको छ।
नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा स्याङ्जाको वालिङस्थित खेल मैदानमा भएको खेलमा एपीएफले प्रदेश १ माथि ७–१ को फराकिलो जित निकालेको हो।
एपीएफको जितमा साम्बाले दोहोरो ह्याट्रिक गर्दा १ गोल अनिता केसीले थपिन्। पहिलो हाफमा ३–१ ले अग्रता बनाएको एपीएफले दोस्रो हाफमा ४ गोल थपेको हो।
आजै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पाखा लगाएको छ। गण्डकीको जितमा उदया थापाले दुई तथा शान्तीले एक गोल गरिन्।
खेलको ३३ औँ मिनेटमा शान्ती नेपालीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको ५८ औँ र ६६ औँ मिनेटमा गोल गरिन्।
36
Shares
प्रतिक्रिया