नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा नेपाल आर्मी च्याम्पियन बनेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न टिम इभेन्टको इपीमा आमीले स्वर्ण जितेसँगै फेन्सिङका सबै स्पर्धा सकेको छ। आर्मीका राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाले स्वर्ण जिते।
एपीएफका जंग गिरी, सुकिराम तामाङ र सागर थापाले रजत जिते। बागमतीका भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गु?ङ, नवराज कार्की र सुनिल थापाले कास्य पदक हात पारे।
फेन्सिङमा आर्मी समान ५ स्वर्ण, रजत र कांस्य जित्दै टिम च्याम्पियन बनेको हो। ४ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेको बागमति दोस्रो भएको छ। २ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेको विभागीय टोली एपीएफ तेश्रो भएको छ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ कांस्य, गण्डकीले ४ कांस्य तथा प्रदेश १ ले ३ कांस्य पदक जितेको छ। फेन्सिङमा कुल १२ स्वर्णका लागिस्पर्धा भएको थियो।
Shares
प्रतिक्रिया