नवौँ राष्ट्रिय खेलकुद उद्घाटन समारोहमा सर्वसाधारणले खुल्ला प्रवेश पाउने भएका छन्।
भोलि यसको औपचारिक उद्घाटन समारोह हुँदै छ।
यसको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन्। सदस्य सचिव टंकलाल घिसिङले विना शुल्क उद्घाटन समारोहमा सर्वसाधारणलाई प्रवेश दिइने बताए।
राष्ट्रिय खेलकुदमा छ हजार १ सय ५७ जना खेलाडी सहभागी हुँदै छन्। यसअघि ७ हजार बढी खेलाडी सहभागी हुने अपेक्षा गरिए पनि यतिमात्रै खेलाडीको नाम ड्राफ्ट भएको हो।
54
Shares
प्रतिक्रिया