नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आजबाट पुरुष फुटबल सुरु भएको छ।
एनआरएनए स्पोर्ट्स एकेडेमी र प्रदेश १ बीच खेल सुरु भएको हो।
यसअघि एनआरएनएले राष्ट्रिय टोलीका खेलाडी राखेको भन्दै विरोध भएपछि खेलमा ढिलाइ भएको थियो। राष्ट्रिय खेलकुद परिषदले समन्वय गरेसँगै खेल सुरु भएको हो।
एनआरएनएको टोलीमा गोल रक्षक राजाबाबु मगरसहित निशान खड्का, अनन्त तामाङ, अशोक खवास, सन्दिप श्रेष्ठ, पुजन उपरकोटी, राजकुमार कुमाल, तेजेन्द्र कार्की, सुजल श्रेष्ठ, सन्जोक राई र विमल घर्तीमगर रहेका छन्।
यता प्रदेश १ को टोलीमा गोलरक्षक किशोर गिरीसहित सुरज विश्वकर्मा, एकराज बुढाथोकी, रेवतराज भण्डारी, दिवाकर चौधरी, मिलन राई, उमेश राई, कोमल खवास, कैलाश बस्नेत, बुद्ध चेमजोङ र विजय भुजेल रहेका छन्।
24
Shares

प्रतिक्रिया