ad ad

अपराध


सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी र बोतल प्रहार, ग्रान्डीमा उपचार हुँदै

सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी र बोतल प्रहार, ग्रान्डीमा उपचार हुँदै

नेपालखबर
असोज २५, २०७९ मंगलबार १९:४२, काठमाडौँ

काठमाडौंको साह्रखुट्टेमा दुईजना युवकमाथि धारिलो हतियार र बोतल प्रहार भएको छ। 

मंगलबार बिहान खुकुरी र बोतल प्रहार गरिँदा दुईजना बाउन्सर घाइते भएका छन्। घाइते हुनेहरुमा नितेश राई र छिरिङ लामा हुन्। 

उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। 

‘झगडा भएपछि बोतल र धारिलो हतियार प्रहार गरेको भन्ने सूचना आएको छ। हामीले केही मान्छेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं’, काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने। 

दरबारमार्गस्थित प्लाटिनम क्लबबाट ड्युटी सकेर फर्किने क्रममा सोह्रखुट्टेमा उनीहरुमाथि ६/७ जनाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .