ad ad

खेल


औटम टुर्नामेन्टको उपाधि अशिम गुरुङलाई, भेटेरन्सतर्फ राजु गुरुङ विजयी

औटम टुर्नामेन्टको उपाधि अशिम गुरुङलाई, भेटेरन्सतर्फ राजु गुरुङ विजयी

मगेन्द्र राई
असोज २३, २०७९ आइतबार १८:३३, बेलायत

बेलायतमा नेपालीद्वारा सञ्चालित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘औटम टेनिस टुर्नामेन्ट’को  उपाधि अशिम गुरुङले जितेका छन्। ५० वर्षमाथिका भेटेरन्सतर्फ राजु गुरुङले  बाजी मारेका छन्।

शनिबार अल्डरसटस्थित आर्मी टेनिस सेन्टरमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन ए तर्फको फाइनल खेलमा अशिम गुरुङले सुमन लिम्बुलाई  ४–२ ४–१ को सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन्। 

फाइनल खेल फास्ट फोर बेस्ट अफ थ्री फर्म्याटमा खेलाइएको थियो। शून्य समयमा वाइल्ड कार्ड इन्ट्री पाएका अशिम बेलायतका लन टेनिस एसोसिएसन (एलटीए) लेभल थ्री कोच लाइसेन्स होल्डरसमेत हुन्। 

हाल बेलायती सेनामा कार्यरत उनी करिब  एक दशकअगाडि हङकङबाट बेलायत बसाइ सरेका हुन्।

त्यसैगरी ओपन बी तर्फ विष्णु गुरुङले रामकुमार गुरुङलाई हराए। 

५० वर्षमाथिको मिन्स भेटेरन्स ए तर्फ राजु गुरुङले पञ्च पुन लाई ४–०, ४–१ को फराकिलो अन्तरमा हराई उपाधि जिते। त्यसैगरी भेटेरन्स बी तर्फ किरण तामाङले थर्क थापालाई हराए। 

प्रतियोगितामा धेरै जना नेपाली टेनिस खेलाडीको सहभागिता थियो।

प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरे। पुरस्कार वितरण समारोह क्लबका सचिव  क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। 

सन् २०१७ मा स्थापना भएको क्लबले विन्टर, स्प्रिङ, समर र औटम गरी वर्षमा ४ ठूला प्रतियोगिता सञ्चालन गर्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .