ad ad

खेल


रुसोको शतकमा भारतमाथि दक्षिण अफ्रिकाको जित

रुसोको शतकमा भारतमाथि दक्षिण अफ्रिकाको जित

नेपालखबर
असोज १९, २०७९ बुधबार ७:०, काठमाडौँ

राइली रुसोको शानदार शतकको सहयोगको अन्तिम टी२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतमाथि ४९ रनको जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो।

विशाल योगफल तयार पार्ने क्रममा दक्षिण अफ्रिकाका लागि राइली रुसोले अविजित १०० रनको पाली खेले। त्यस्तै क्विन्टन डि ककले ६८ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको भारत १८ ओभर ३ बल खेल्दै १७८ रनमा समेटियो। भारतका लागि दिनेश कार्तिकले ४६ रन बनाए भने दीपक चहरले ३१ रनको पाली खेले।

दक्षिण अफ्रिकाका लागि ड्वाइन प्रेटोरियसले ३ तथा केशव महाराज, लुंगी न्गिडी र वायन पार्नेलले समान २/२ विकेट लिए। 

यससँगै भारतले टी२० सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ। भारतले पहिलो र दोस्रो टी२० मा दक्षिण अफ्रिकामाथि जित हात पारेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .