ad ad

खेल


बुमराहले टी२० विश्वकप नखेल्ने

बुमराहले टी२० विश्वकप नखेल्ने

नेपालखबर
असोज १८, २०७९ मंगलबार ७:७, काठमाडौँ

भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले २०२२ को टी२० विश्वकप क्रिकेट गुमाउने भएका छन्। ढाडमा चोटको समस्याको कारण उनले विश्वकप गुमाउने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।  

उनले ढाडको समस्याको कारण हालै भएको दक्षिण अफ्रिकाविरुद्धको टी२० सिरिज पनि गुमाएका थिए। भारतीय क्रिकेट बोर्डले उनको उपचारमा संलग्न विशेषज्ञहरुको सल्लाहअनुसार उनलाई आराम दिइएको बताएको छ।

यसअघि नै घुँडाको समस्याको कारण रवीन्द्र जडेजाले यो विश्वकप गुमाउने निश्चित भइसकेको छ। भारतीय क्रिकेट बोर्डले बुमराहको स्थानमा जाने खेलाडीको घोषणा छिटै गरिने उल्ले गरेको छ। 

भारतले टी२० विश्पकपमा आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध अक्टोबर २३ मा मेलवर्न क्रिकेट मैदानमा खेल्नेछ। विश्वकपको प्रारम्भिक चरणको खेल १६ अक्टोबरबाट सुरु हुनेछ भने ग्रुप चरणको खेल २२ अक्टोबरबाट सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .