इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले टोटनह्याममाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको २० औं मिनेटमा थोमस पार्टीले सुरुवाती गोल गरेका थिए। तर, खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत टोटनह्यामका ह्यारी केनले बराबरी गोल फर्काए।
पहिलो हाफ १/१ को बराबरीमा सकिए पनि खेलको ४९ औं मिनेटमा आर्सनलका लागि गाब्रियल जेसस र ६७ औं मिनेटमा ग्रानिट साकाले १/१ गोल गरे।
यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले ८ खेलबाट २१ अंक हात पारेको छ। तेस्रो स्थानमा रहेको टोटनह्यामले समान खेलबाट १७ अंक जोडेको छ।
39
Shares
प्रतिक्रिया