ad ad

खेल


भियतनाममा हुने एएफसी यू-१७ का लागि नेपाली टोलीको घोषणा

भियतनाममा हुने एएफसी यू-१७ का लागि नेपाली टोलीको घोषणा

नेपालखबर
असोज १३, २०७९ बिहिबार १८:२६, काठमाडौँ

भियतनाममा हुने एएफसी यू-१७ एसियन कप छनोट खेलका नेपाली टोलीको घोषणा भएको छ। 

टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बिहीबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। मुख्य प्रशिक्षक श्रेष्ठले श्रीलंकामा भएको साफ यू–१७ च्याम्पियनसिप खेलेको टोलीबाट २ खेलाडी परिवर्तन गरेका छन्। 

यसअघि टोलीमा रहेका मिराक लिङ्देन र प्रितम कार्कीको स्थानमा श्रेयान्स मानन्धर र राम थापाले मौका पाएका छन्। 

छनोट खेल प्रतियोगिता ५ अक्टोबरदेखि सुरु हुनेछ। प्रतियोगितामा नेपालm भियतनाम, चाइनिज ताइपेइ र थाइल्याण्ड रहेको समूह एफ मा छ।

नेपालले अक्टोबर ५ मा थाइल्याण्डको सामना गर्नेछ। ७ अक्टोबरमा ७ अक्टोबरमा नेपालले घरेलु टोली भियतनाम र समूह चरणको अन्तिम खेलमा नेपालले ९ अक्टोबरमा चाइनिज ताइपेइसँग खेल्ने तालिका छ। 

नेपाली टिम
गोलकिपर : समिर चन्द, रुबिन बोगटी, कृशल मोक्तान 

डिफेन्डर : मदन पौडेल, युनिस मगर, दीपक थापामगर, निशान्त तामाङ, विक्रम तामाङ, सिमन्ता थापा, अश्विन घोरासैनी, धिरज विश्वकर्मा, राम थापा

मिडफिल्डर : हरिसराज भट्ट, प्रशान्त लक्षम, बिनोद केसी, श्रीयान्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिस बुढाथोकी, लछु थापा, धनसिंह विक,

फरवार्ड : सिजल राई, सुवास बम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .