ad ad

खेल


नेपालले बंगलादेशविरुद्ध ३-० को अग्रता बनायो

नेपालले बंगलादेशविरुद्ध ३-० को अग्रता बनायो

नेपालखबर
असोज ११, २०७९ मंगलबार १८:१४, काठमाडौँ

फरवर्ड अन्जन विष्टको हया्ट्रिकमा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालले ३-० को अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ। नेपालका लागि तीनै गोल विष्टले गरे।

१८ औँ मिनेटमा अन्जन विष्टको गोलमा नेपालले अग्रता बनाएको हो। विमल घर्तिमगरको फ्रिकीकमा अन्जनले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। विपक्षी खेलाडीले फउल गरेपछि नेपालले फ्रिकीक पाएको थियो। 

खेलको २७ औँ मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। तेज तामाङको प्रहार विपक्षी गोलरक्षक पन्च गर्दै रोकेपछि आएको रिबाउण्ड बलमा अन्जनले गोल गरे। 

३८ औँ मिनेटमा अन्जनले ह्याटिक पुरा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .