ad ad

खेल


नवौँ राष्ट्रिय खेलकुदका लागि मधेशबाट कुस्तीमा १५ खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुदका लागि मधेशबाट कुस्तीमा १५ खेलाडी छनौट

फाइल फोटाे


जयन्त ठाकुर
असोज ४, २०७९ मंगलबार १५:४४, जनकपुरधाम

नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि कुस्तीतर्फ मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनौट भएका छन्।

मंगलवार जनकपुरधामस्थित कवर्ड हलमा भएको फाइनल खेलमा विभिन्न तौल समूहका १५ खेलाडी छनौट भएका हुन्।

छनौटमा पर्ने खेलाडीहरुमा ५७ केजी समूहमा बाराका अमरेन्द्र यादव, ६१ केजी समूहमा अमरेश कुमार यादव, ६५ केजीमा अर्जुन कुमार साह, ७४ केजीमा मुक्तार आलम, ७९ केजी समूहमा बुनिलाल राउत र १२५ केजी  समूहमा राज यादव रहेका छन्।

यस्तै, ७० केजीमा पर्साका मनोज यादव, ८६ केजीमा लाल बहादुर यादव, ९२ केजीमा अवधेश यादव र ९७ केजीमा राजेश यादव छनोट भएका हुन्।

त्यस्तै, महिलातर्फ पाँच वटा तौल समूहका खेलाडी छनौट भएका छन्।

५० केजी तौल समूहमा बाराकी गिता यादव, ५३ मा पर्साकी मधुकुमारी, ५५ मा बाराकी प्रमिला, ५७ मा बाराकै किरण यादव र ६२ केजीमा पर्साकी निलम कुमारी छनौटमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .