ad ad

खेल


भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १९:२९, काठमाडौँ

साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ।

भारतविरुद्ध ऐतिहासिक जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई ० का विरुद्ध १ गोलले पराजित गर्यो।

खेलमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरेकी थिइन्। यो नै नेपालको निर्णायक गोल सावित भयो।

यो सँगै नेपालले भारतसँग सन् २०१६ मा भएको हारको बदला लिएको छ। त्यतिबेला नेपाल फाइनलमा भारतसँग नै हारेको थियो।

साफको पाँचौ संस्करणमध्ये ४ वटा संस्करणमा नेपाल फाइनलमा पुगेको थियो। नेपाल चारै संस्करणको उपविजेता हो।

सन् २०१६ मा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि होडबाट टाढा भएको थियो। तत्कालीन समयमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नै थिए।

अब फाइनलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .