खेल


दीपक विष्टको संयोजकत्वमा कार्यदल गठन

दीपक विष्टको संयोजकत्वमा कार्यदल गठन

नेपालखबर
भदौ २८, २०७९ मंगलबार २१:५३, काठमाडौँ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी टुर कार्यदल गठन भएको छ।

भाद्र २७ गते कार्यकारी समितिको निर्णयानुसार ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा पारस खड्का (पूर्व क्रिकेट कप्तान), दीपक श्रेष्ठ (अध्यक्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ एवं साग पदकधारी), अरुणा शाही (कप्तान महिला भलिबल) र मिरा राई (अल्ट्रा म्याराथन धावक) सदस्य रहेका छन्।

यही भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाबाट उक्त रनिङ्ग ट्रफी सार्वजनिक गरिनेछ। 

सो ट्रफी सुदूरपश्चिमाञ्चलबाट सुरु गरि सातै प्रदेशका साथै तीन विभागीय टोलीमा पुर्याइने ओलम्पियन संघका अध्यक्षसमेत रहेका विष्टले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .