ad ad

खेल


साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग भिड्ने

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग भिड्ने

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १९:५८, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ। 

मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले ऐतिहासिक जित निकालेसँगै भारतले घरेलु टोली नेपालसँगको भेट पक्का गरेको हो। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएको थियो। साफ च्याम्पियनसिपको इतिहासमा भारतले पहिलो हार व्यहोरेको हो। 

समूह चरणमा अपराजित रहेर अन्तिम ४ मा पुगेको बंगलादेशले भने फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता टोली भुटानसँग खेल्नेछ। साफमा भुटान पहिलो पटक सेमिफाइनल पुगेको हो। 

च्याम्पियनसिपको दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ। पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान खेल्नेछन् भने दोस्रो सेमिफाइनलमा नेपाल भारत भिड्नेछन्। 

पहिलो सेमिफाइनल खेल दिउँसो १ बजे र दोस्रो सेमिफाइनल साढे ५ बजे हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .