ad ad

खेल


ए र बी डिभिजन लिग विजेता क्लब र सर्वोत्कृष्ट खेलाडीले पाए पुरस्कार रकम

ए र बी डिभिजन लिग विजेता क्लब र सर्वोत्कृष्ट खेलाडीले पाए पुरस्कार रकम

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १६:४४, काठमाडौँ

ए र बी डिभिजन लिग विजेता क्लब र सर्वोकृष्ट खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरस्कार रकम दिएको छ। 

एन्फाले ए डिभिजन लिग विजेता क्लब, उत्कृष्ठ खेलाडीलाई १ करोड ३२ लाख १० हजार रुपैयाँ निकासा गरेको हो। एन्फाले ५ क्लबलाई १ करोड ५४ लाख र तीन उत्कृष्ठ खेलाडीलाई ६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो। 

एन्फाले शुक्रबार ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई पुरस्कार वापतको ७५ लाख, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले ५ लाख रुपैयाँ पाएका छन्। यस्तै तेस्रो भएको न्यरोड टिम एनआरटीले २५ लाख रुपैयाँ पाएको छ। फेयर प्ले विजेता नवप्रवेशी क्लब सातदोबाटोले २ लाख रुपैयाँ पाएको छ। 

ए डिभिजन लिगका उत्कृष्ट खेलाडी मछिन्द्र फुटबल क्लबका सुनिल बलले ३ लाख, उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठले २ लाख र उदीयमान खेलाडी दिनेश हेन्जनले १ लाख ५० हजार रुपैयाँ दिएको छ। प्रत्येक खेलको म्यान अफ दी म्याच विजेता खेलाडीको रकम सम्बन्धित क्लबलाई दिएको हो। 

त्यस्तै बी डिभिजन लिग विजेता क्लबका लागि एन्फाले ३० लाख रुपैयाँ भुक्तानी गरेको छ। बी डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १५ लाख, खुमलटार युवा क्लबलाई १० लाख तथा तेस्रो भएको टोली आरसिटी क्लबलाई ५ लाख रुपैयाँ दिएको एन्फाले जनाएको छ। 

लिगका उत्कृष्ट खेलाडी चर्च ब्वाइजका आशिष चौधरीले १ लाख, उत्कृष्ट गोलकिपर आरसिटीका सरोज तामाङ र सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका आशिष चापागाईले समान ५० हजार रुपैयाँ पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .