खेल


राष्ट्रिय महिला फुटबल टोलीसँग मेयर बालेन्द्र र उपमेयर सुनिताको भेट

राष्ट्रिय महिला फुटबल टोलीसँग मेयर बालेन्द्र र उपमेयर सुनिताको भेट

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १४:२, काठमाडौँ

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय महिला फुटबल टोलीसँग भेट गरेका छन्।

काठमाडौंका मेयर र उपमेयर साफ महिला फुटबल च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोली बसेको होटलमा नै पुगेर भेट गरेका हुन्। मेयर र उपमेयले राष्ट्रिय टोलीलाई च्याम्पियनसिपको शुभकामना दिएका हुन्। 

साफ च्याम्पियनसिपका नेपालले सोमबार श्रीलंकासँग खेल्दैछ। पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपाल श्रीलंकासँग पनि सानदार जितको खोजीमा छ।

समुह बी मा रहेको भुटानले शुक्रबार श्रीलंकासँग खेल्दैछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .