ad ad

खेल


भलिबल संघको अध्यक्षमा चन्द विजयी

भलिबल संघको अध्यक्षमा चन्द विजयी

नेपालखबर
भदौ २३, २०७९ बिहिबार ७:५५, काठमाडौँ

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द विजयी भएका छन्। बिहीबार बुधबार भएको चुनावी साधारण सभामा सम्पन्न भएको निर्वाचनमा चन्दले ७६ मत पाएका हुन्। उनकी प्रतिस्पर्धी निरोज मास्केले ५० मत प्राप्त गरिन्। 

महासचिवतर्फ पनि चन्द समूहकै रोशन कुमार श्रेष्ठ निर्वाचित भए। उनले ८५ मत पाए भने प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत प्राप्त गरे। 
कोषाध्यक्ष पदमा चन्दकै निकट मानिएका श्यामकृष्ण श्रेष्ठ विजयी भए। उनले ७८ मतका साथ ४६ मत प्राप्त गरेकी रिता कोइरालालाई पराजित गरे।

उपाध्यक्ष पदमा याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए। बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा विजयी भए। उनले ६४ मत ल्याउँदै ५९ मत प्राप्त गरेकी ज्योति केसीलाई ५ मतले हराए।

सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए। बागमतीका श्रीराम बोगटीले उम्मेदवारी फिर्ता लिएपछि माली निर्विरोध चुनिएकी थिइन्।

सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झक बहादुर मिदुनले ७३ मत ल्याउँदै ३७ मत प्राप्त गरेका दीपक जिएमलाई पछि पारे। प्रदेश १ सचिवतर्फ विनोद सुवेदीले ६५ मतका साथ ४४ मत ल्याएका विश्वराज धिमाललाई पराजित गरे।

सदस्यमा अन्जु श्रेष्ठ ८५, चन्द्र वदना राई ७५, राज कुमार गुरुङ ७३, जुनु पुन मगर ७३, जितेन्द्र श्रेष्ठ ६९, गंगा थापा श्रेष्ठ ६८, कुमार राई ६७, राज बहादुर खड्का ५९, दीपक लामा ५८, प्रवीण श्रेष्ठ ५६ र दिनेश श्रेष्ठ ५२ मतका साथ निर्वाचित भए। ११ सदस्यको लागि सदस्यमा २२ जनाको उम्मेदवारी परेको थियो।

सदस्यमा रामा शंकर चौधरी ४९, जय कुमार श्रेष्ठ ३८, ईश्वर बहादुर शाही ३६, थर्क कुमार चोमवाङ ३५, अशोक काजी थापा ३४, योगेन्द्र सुवेदी ३१, सुदर्शन जमरकट्टेल ३०, राम बहादुर खड्का २८, बाँच बहादुर रावत २३, श्याम कुमार आचार्य २२ र छल कुमारी छन्त्याल १४ मत प्राप्त गरे। चुँडा कुमारी खड्का र राजेश कार्कीले सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका थिए।

संघको निर्वाचनमा १ सय ३१ मतदातामा ३ जनाबाहेक सबैले मतदान गरेका थिए। १० पदाधिकारी मतदानअघि नै निर्विरोध निर्वाचित भएपछि सुरु भएको मतदानमा १ सय २८ जनाले मतदान गरेका थिए। संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ, निवर्तमान उपाध्यक्षद्वय एनबहादुर शाही र कुमारराज सुवेदीले भने मतदानमा उपस्थित भएनन्। दक्षिण अफ्रिकाका राजदूत समेत रहेका तामाङ केही दिनअघि त्यसतर्फ गएका थिए।

४१ सदस्यीय कार्यसमितिमा १ अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र ११ सदस्य गरी २८ जना निर्वाचित हुनेछन्। बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ। संघका निवर्तमान अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .