खेल


यी हुन् च्याम्पियन्स लिगमा गोल हान्ने सबैभन्दा कान्छा खेलाडी

यी हुन् च्याम्पियन्स लिगमा गोल हान्ने सबैभन्दा कान्छा खेलाडी

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ११:५१,

बार्सिलोनाका १७ वर्षीय किशोर अन्सु फाती युरोपेली च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। गत राति इटालियन क्लब इन्टर मिलानविरुद्ध ८६ औँ मिनेटमा गोल गर्दै उनले इतिहास रचेका हुन्।

उनी ८५ औँ मिनेटमा मैदान छिरेका थिए।

‘मैले लुइस स्वारेजसँग पास खेलेँ। जब गोल गरेँ, तब रंगशालामा सन्नाटा छायो। म एकदमै खुसी छु। यो मेरो सपना हो,’ खेलपछि उनले भने।

यसअघि सन् १९९७ मा ओलम्पियाकोसका पिटर अफोरीक्वाले १७ वर्ष १९५ दिनमा गोल गर्दै यो रेकर्ड आफ्नो नाममा राखेका थिए। तर, मंगलबार १७ वर्ष ४० दिनका फातीले त्यो रेकर्ड तोडिदिएका छन्।
उनको गोललाई मेस्सीको जस्तै भनेर प्रशंसा गरिएको छ।

मंगलबारको खेलमा मेस्सीलाई विश्राम दिइएको थियो। बार्सिलोनाका अर्का युवा खेलाडी कार्लेस पेरेजले पनि गोल गरेका थिए। यससँगै २–१ अन्तरले इन्टरमिलानलाई हराउँदै बार्सिलोना ग्रुप एफबाट शीर्ष १६ मा प्रवेश गरेको छ। मिलान भने समूह चरणबाट बाहिरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .