ad ad

खेल


महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा

महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार १३:४७, काठमाडौँ

घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा भएको छ। 

मुख्य प्रशिक्षक कुमार थापाले छनोट गरेको २३ सदस्यीय टोलीमा फरवार्ड सावित्रा भण्डारी, रेखा पौडेल र पुनम जर्घामगरले पुनरागमन गर्दा ३ नयाँ अनुहारले स्थान बनाएका छन्।

राष्ट्रिय टोलीमा स्थान बनाउनेमा उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै आएका अमिशा कार्की, समिक्षा घिमिरे र दीपा शाही छन्। 
सावित्रा चोट र पुनम स्वास्थ्य समस्याका कारण टोली बाहिर थिए।

पुनम गतवर्षको भदौमा घरेलु मैदानमा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलका क्रममा मुटुमा समस्या देखिएपछि टोली बाहिर थिइन्। सावित्राले भने पछिल्लो पटक सन् २०१९ मा दक्षिण एशियाली खेलकुद (साग) खेलेकी थिइन्। सावित्राले २०७७ को फागुनमा महिला लिग खेल्नेक्रममा चोट बोक्न पुगेकी थिइन्।

साफ च्याम्पियनसिप आगामी २१ गतेबाट असोज ३ गतेसम्म काठमाडौको दशरथ रंगशालामा सुरु हुँदै छ। 

समुह बी मा रहेको नेपालले भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। घरेलु टोलीले दोस्रो खेल भदौ २७  गते खेल्ने तालिका छ। समूह एमा साबिक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। 

राष्ट्रिय टोली :
गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर– हिरा भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विके

मिडफिल्ड– विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्ड– अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .