ad ad

खेल


तेह्रौं साग सम्पन्न, यस्तो छ पदक तालिका

तेह्रौं साग सम्पन्न, यस्तो छ पदक तालिका

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १३:३८,

नेपालमा आयोजना भएको साग खेलकुद प्रतियोगिताको समापन कार्यक्रम दशरथ रंगशालामा आयोजना गरिएको थियो।

सागका विभिन्न खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा खेलाइएका थिए। दश दिनसम्म चलेको खेलकुद प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।

१३औं सागमा पहिलोपटक २७ वटा खेल समावेश भएका थिए। आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गर्दा नेपालले २४ खेलमा सहभागिता जनाएको थियो।

१३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ। यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन। १४औँ साग पाकिस्तानमा हुनेछ।

पदक तालिका अनुसार भारतले सर्वाधिक स्वर्ण हात पार्न सफल भएको छ। भारतले सर्वाधिक १७४ स्वर्ण, ९३ रजत तथा ४५ कास्य जित्दै सबैभन्दा बढी ३१२ पदक हात पार्न सफल भयो।

यसैगरी दोस्रो स्थानमा आयोजक नेपाल परेको छ। नेपालले ५१ स्वर्ण जित्दा ६० रजत तथा ९५ कास्य हात पार्न सफल भयो। नेपालले पुरा पदक २ सय ६ वटा जितेको छ।

श्रीलंकाले ४० स्वर्ण जित्दा, ८३ रजत तथा १२८ कास्य जित्यो। तेस्रो स्थानको श्रीलंकाले २५१ पदक हात पार्यो।

पाकिस्तान पदक तालिकाको चौथो स्थानमा छ। ३१ स्वर्ण जितेको पाकिस्तानले ४१ रजत तथा ५९ कास्य जित्यो।

पाँचौं स्थानको बंगलादेशले १९ स्वर्ण, ३२ रजत तथा ८७ कास्य जित्यो।

छैठौं स्थानको माल्दिभ्सले १ स्वर्ण जित्दा शुन्य रजत तथा ४ कास्य हात पार्यो।

सातौं तथा अन्तिम स्थानको भुटानले शुन्य स्वर्ण, ७ रजत तथा १२ कास्य हात पार्न सफल भयो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .