ad ad

समाज


सहकर्मी पक्राउको विरोधमा डोटीका स्वास्थ्यकर्मी आन्दोलित

सहकर्मी पक्राउको विरोधमा डोटीका स्वास्थ्यकर्मी आन्दोलित

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १३:४६,

डोटी जिल्लामा रहेका स्वास्थ्यकर्मीहरु आजदेखि आन्दोलनमा उत्रिएका छन्। गएको मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ मा पर्ने खार खोप केन्द्रमा स्थानीयवासी नाबालक प्रवीण मल्ललाई डिपिटी पेन्टा खोप लगाएपछि उनको मृत्यु भएको थियो।

मृत्युपश्चात् पीडित पक्षको किटानी जाहेरीपछि प्रहरीले खोप लगाउने स्वास्थ्यकर्मी हिरादत्त भट्टलाई पक्राउ गरी हिरासतमा राखेको विरोधमा डोटीमा स्वास्थ्यकर्मीले भट्टको रिहाइको माग गर्दै आन्दोलन शुरु गरेका हुन्। आन्दोलित स्वास्थ्यकर्मीहरुले विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। जसमा आज मङ्सिर २४ गते हातमा कालोपट्टि बाँधेर विरोध गर्ने, २५ गते जिल्लाभरि खोप सेवा बन्द गर्ने र पुस १ गतेदेखि जिल्लाभरि आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने योजना रहेको स्वास्थ्यकर्मी हरिष शाहले बताए।

उनले भने, ‘बिनाकसुर हाम्रा सहकर्मी पक्राउ परेका छन्, रिहाइको मागसहित हामीले शान्तिपूर्ण आन्दोलनको शुरुआत गरेका छौँ, हाम्रो आन्दोलनलाई कमजोर नठानियोस्।’

त्यस्तै आन्दोलनरत स्वास्थ्यकर्मीले प्रजिअ टेकनारायण पौडेलमार्फत गृह सचिवलाई ज्ञापनपत्रसमेत पठाएका छन्। ‘गएको मंगलबार भएको घटनालाई लिएर आफ्नो कर्तव्य निर्वाह गरिरहेका स्वास्थ्यकर्मी हीरादत्त भट्टलाई पीडित पक्षको किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालले पक्राउ गरी हिरासतमा लिई हामी सबै स्वास्थ्यकर्मीको मानसिकका साथै मनोबल खस्कने काम प्रहरीबाट भएको हुँदा स्वास्थ्यकर्मी भट्टको रिहाइको माग गर्दछौँ’, उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .