ad ad

खेल


दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित

दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १९:२३, काठमाडौँ

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो हार व्यहारेको छ।

ब्याटिङ लय गुमाउँदा केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा नेपाल केन्याको राष्ट्रिय टोलीसँग १८ रनले पराजित भएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो।

१ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै विकेट गुमाएर १ सय १४ रनमात्र बनाउन सक्यो। नेपालका लागि आरिफ सेखले २५ रन बनाए। त्यस्तै रोहित पौडेलले २०, आदिल खानले २० रन जोडे। नेपालका ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए।

यसअघि पहिले ब्याटिङ गरेको केन्याले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई १३२ रनको चुनौती पेस गरेको थियो। 

केन्याका दुवै ओपनर र पछिल्लो वरीयताका पाँच जना ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेपछि दोस्रो खेलमा पनि केन्या सस्तैमा समेटिएको थियो। 

केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडे। त्यस्तै इर्फान करिमले २२, नहेमिहा ओधियाम्बोले ३१ र सचिन गुडियाले १४ रन बटुले। 

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिँदा करण केसीले २ र पवन सर्राफले १ विकेट लिएका थिए। 

योसँगै पाँचवटा खेलमध्ये २ खेल सकिँदा दुवै टोलीले १–१ खेल आफ्नो पक्षमा पारेका छन्। यसअघिको खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरी पहिलो जित हात पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .