ad ad

खेल


भुटानलाई पराजित गर्दै नेपाल बन्यो साग च्याम्पियन

भुटानलाई पराजित गर्दै नेपाल बन्यो साग च्याम्पियन

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १०:३४,

डिफेन्डिङ च्याम्पिनय नेपालले दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण रक्षा गरेको हो। यसअघि २०१६ मा भएको अघिल्लो सागको संस्करणको उपाधि समेत नेपालले भारतलाई पराजित गर्दै जितेको थियो।

खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती गोलको अग्रता लिएको थियो। अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए।

भुटानका चेन्चो ग्याल्त्सेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

आक्रमक शैली अपनाएको नेपालले खेलको ५३ औं मिनेटमा दोस्रो गोल गर्न सफल बन्यो। सुनिल बलले नेपालका लागि दोस्रो गोल गरेपछि नेपाल खेलमा २–१ को अग्रता लिन सफल भएको थियो।

DB9A4415.jpg

त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि नेपालले खेल २–१ ले जितेको हो।

नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।

नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुग्न सफल हुँदा चारपटक स्वर्ण जित्न सफल भएको हो।

यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो। सन् २०१९ को सागमा पनि नेपाल स्वर्ण जित्न सफल भएको हो।

चारपटक साग जितेसँगै नेपालले बंगलादेशसँग सर्वाधिक साग जित्ने देशसँग बराबरी गरेको छ।

यससँगै नेपालले १३ औं सागमा ५१ स्वर्णपदक हातपार्न सफल भएको छ।

 DB9A4395.jpg

साग पुरुष फुटबलका विजेताहरु

१९८४ः नेपाल
१९८५ः भारत
१९८७ः भारत
१९८९ः पाकिस्तान
१९९१ः पाकिस्तान
१९९३ः नेपाल
१९९५ः भारत
१९९९ः बंगलादेश
२००४ः पाकिस्तान यू २३
२००६ः पाकिस्तान यू२३
२०१०ः बंगलादेश यू२३
२०१६ः नेपाल यू२३
२०१९ः नेपाल यू२३

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .