राजनीति


तीन हप्ता पछि अमेरिकाबाट फर्किए थापा

तीन हप्ता पछि अमेरिकाबाट फर्किए थापा

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १०:३८,

राप्रपा अध्यक्ष कमल थापा तीन हप्ता लामो अमेरिका भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

अध्यक्ष थापा अमेरिकाको वासिङटनमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको आइडीयु फोरम, बाल्टिमोरमा प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन, टेक्सासमा आयोजित नेपाली समुदायसंग बृहत छलफल एवं अन्तरक्रिया लगायतका विविध कार्यक्रममा सहभागी हुन गत कात्तिक २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

आइडीयु फोरममा सहभागी हुने क्रममा अध्यक्ष थापाले अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनका अध्यक्ष एवं क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्पर, महासचिव क्रिस्टिन क्याटनर, एशिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस इडवार्डस् लगायत युनियनका सदस्य पार्टीका नेताहरूसँग महत्त्वपूर्ण भेटघाट र वार्ता गरेका थिए। क्यानाडाका पूर्व प्रधानमन्त्री तथा आईडीयूका अध्यक्ष स्टेफेन हार्परले उद्घाटन गरेको सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो।

सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका बहुआयामिक पक्षमा समेत बिचार विमर्श भएको छ। युनियनका अध्यक्ष हार्परसँगको भेटमा विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनु पर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको थियो। सम्मेलनमा अध्यक्ष थापा नेतृत्वको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको थियो।

अध्यक्ष थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण बहादुर गुरुङ, महामन्त्री भास्कर भद्रा लगायतका नेता, कार्यकर्ताले स्वागत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .