ad ad

खेल


सुनिल बलको गोलसँगै नेपालले भुटानविरुद्ध लियो २–१ को अग्रता

सुनिल बलको गोलसँगै नेपालले भुटानविरुद्ध लियो २–१ को अग्रता

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १०:१,

दोस्रो हाफमा जारी खेलमा नेपालले यससँगै २–१ को अग्रता लिएको छ।

 खेलमा नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३ औं मिनेटमा गरेका हुन्।

खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती गोलको अग्रता लिएको थियो। अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए।

यद्यपी भुटानका चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका थिए।

 नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।
नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो।

यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।

नेपालले फुटबलमा स्वर्ण जित्ने लक्ष्य लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .