ad ad

खेल


टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

नेपालखबर
असोज १४, २०८१ सोमबार ६:१८, काठमाडौँ

क्यानडामा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ।

सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १ सय ३९ रनमा अलआउट भयो।

सोहेब खानले बनाएको ४५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। रफिउल्लाहले ३३ रन थपे। फयाज बट १७ रनमा अविजित रहे। प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रन बनाए। 

ओमानलाई रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे। कुशल भुर्तेल र गुल्सन झाले २/२ विकेट लिए। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १/१ विकेट लिए।

त्यसअघि क्यानडाको किङ सिटीमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि क्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि गुल्सन झा ४० र दीपेन्द्रसिंह ऐरी १८ रनमा अविजित रहे। गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हाने। कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाए। 
कुशल भुर्तेलले २० रन थपे। कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्के। 

ओमानका लागि अकिब इलियासले ३ विकेट लिए।

आफ्नो पहिलो खेलमा भने नेपाल क्यानडासँग १४ रनले हारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .