ad ad

खेल


बालोन डि–ओर : मेस्सी र नेयमार मनोनयनमै नपर्दा कसरी परे रोनाल्डो?

बालोन डि–ओर : मेस्सी र नेयमार मनोनयनमै नपर्दा कसरी परे रोनाल्डो?

नेपालखबर
साउन ३०, २०७९ सोमबार १४:२८, काठमाडौँ

सन् २०२२ को बालोन डि ओरको दौडबाट यो पटक अर्जेन्टिनी तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार फरवर्ड लियोनल मेस्सी बाहिर छन्। मेस्सीसँगै ब्राजिली स्टार नेयमार पनि यो पटक बालोन डि ओरको मनोनयनमा पर्न असफल भएका छन्। 

फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा बालोन डी ओर अवार्ड प्रदान गर्दैछ। 

यो पटकको बालोन डि ओरका लागि ३० जनाको नाम सार्वजनिक हुँदा मेस्सी बाहिरिनु र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पर्दा धेरैले यसको आलोचना पनि गरेका छन्। 

सर्वाधिक सात पटकका बालोन डि ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएको हुन्। मेस्सी मनोनयनमै नपर्नु र रोनाल्डो किन परे भनेर व्यापक आलोचना भएपछि फ्रान्सेली प्रकाशनले प्रष्टिकरण नै दिनुपरेको छ। 

मेस्सी किन बाहिरिए ?
सन् २००६ यता मेस्सीले सात पटक बालोन डि ओर अवार्ड जितिसकेका छन्। उनका समर्थकहरु यो पटक पनि उनले बालोन डि ओर जितेको हेर्न चाहान्थे। तर उनी मनोनयनमा नै नपर्दा समर्थकहरु निराश र आक्रोशित भएका छन्। 

फ्रान्सेली प्रकाशनले दिएको प्रारम्भिक प्रष्टिकरणमा यो पटक बालोन डि ओर मापदण्डमा  परिमार्जन गरिएको छ। यो पटकको मनोनयन फुटबल क्यालेन्डर मात्र नभई फुटबल सिजनमा आधारित छ र मेस्सीको प्रर्दशनका आधारमा उनी रोनाल्डोभन्दा तुलनात्मक रुपमा तल रहेको औंल्याएको छ। 

मेस्सीको पेरिसको सुरुवाती पहिलो वर्ष राम्रो थिएन जबकी उनका प्रशिक्षक मौरिसियो पोचेटिनोले पनि यो अवस्थालाई औल्याएका छन्। उनले लिग वानमा ६ गोलमात्र गरेका थिए।

च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा रियल म्याड्रिडसँग पराजित हुनु नै मेस्सी बालोन डि ओरको मनोनयनमा नपर्नुको मुख्य कारणको रुपमा हेरिएको छ। मेस्सीले पहिलो लेगको खेलमा पेनाल्टी समेत चुकाएका थिए। गत सिजन पीएसजीका ३४ खेलमा ११ गोल मात्र गरेका थिए। 

मेस्सी बालोन डिओरको दौडबाट बाहिरिएपछि मेस्सीको मात्र हैन पेरिसका थुप्रैको सपना समेत चकनाचुर भएको छ। 

रोनाल्डो किन परे ?
बालोन डि ओरको मनोनयनको ३० सुचीमा मेस्सी नपर्नुको कारणसँगै रोनाल्डो पर्नुको कारण पनि खुलाइएको छ। 

पाँच पटकका बालो डि ओर विजेता रोनाल्डोले गत सिजन म्याचेष्टर युनाइटेडका ३१ खेलमा १८ गोल गरेका छन्। उनले गरेको १८ गोल नै बालोन डि ओरको मनोनयनमा पर्नुको मुख्य कारण हो। 

च्याम्पियन्स लिगको समुह चरणमा उनको ६ गोलले  म्यानचेष्टर युनाइटेडलाई राउण्ड अफ १६ मा पुर्याए। उनले सबै प्रतियोगिताहरूका ४९ खेलमा ३२ गोल गर्दै सिजनको अन्त्य गरे। बालोन डि ओर को मनोनयमा पर्न यो नै पर्याप्त रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .