ad ad

खेल


पीएसजीको फराकिलो जित

पीएसजीको फराकिलो जित

नेपालखबर
साउन २९, २०७९ आइतबार ११:२५, काठमाडौँ

ब्राजिली फरवार्ड नेयमार जुनियरको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित दर्ता गरेको छ। 

शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिएरलाई ५–२ ले हराउँदै शानदार जित दर्ता गरेको हो। पीएसजीको जितमा नेयमारले दुई गोल गरे।

केलियन एमबाप्पे र रेनाटो सान्चेजले एक एक गोल थपे। एक गोल भने पीएसजीले उपाहार स्वरुप पायो। मोन्टपेलिएरका लागि खाज्री र इन्जो चाटोले गोल फर्काए। 

खेलको ३९औँ मिनेटमा पीएसजीले उपहार गोलमार्फत अग्रता बनाएको थियो। ४३औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे। ५१औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अवस्थामा ल्याए। 

५८औं मिनेटमा मोन्टपेलिएरका खाज्रीले गोल गर्दै टोललिाई खेलमा फर्काएका थिए। तर ६९औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीले ४–१ ले अग्रता बनायो। ८८औं मिनेटमा रेनाटो सान्चेजले गोल गरेपछि पीएसजीले ५–१ को अग्रता कायम गर्यो। इज्युरी समयको दोस्रो मिनेटमा इन्जो चाटोले शात्वना गोल गरे। 

लगातार जितसँगै पीएसजी ६ अंक जोडेर शीर्षस्थानमा छ। 

गएरातिकै अर्को खेलमा मोनाको र रेनसले एक एक गोलको बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .