दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न खेलमा नेपालले बंगलादेशमाथि १–० को जित हात पारेको हो।
यस जितसँगै नेपाल साग फुटबलको फाइनलमा प्रवेश गरेको छ। नेपालले मंगलबार स्वर्णका लागि भुटानसँग खेल्नेछ।
नेपालको जितका लागि सुनिल बल नायक बने। कप्तान सुजल श्रेष्ठको पासमा खेलको ११ औं सुनिल बलले नेपालका लागि सुरुवाती गोल गरेका थिए।
अन्ततः त्यही गोल खेलका लागि निर्णायक सावित भयो।
आजको खेलमा नेपालले बराबरी खेले अथाव जिते फाइनलमा स्थान बनाउने थियो। बंगलादेशले फाइनलमा प्रवेश गर्न नेपाललाई जित्नैपर्ने थियो। खेल जितेपछि नेपाल फाइनलमा पुगेको हो।
यससँगै राउन्डल रोविनअन्तर्गत नेपाल ४ खेलमा १० अंक जोड्दै फाइनल पुग्दा बंगलादेश समान खेलबाट ४ अंकमै सीमित बन्यो।
नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो।
यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।
फाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामा नेपालले सुरुवाती खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो।

प्रतिक्रिया