ad ad

खेल


आज बंगलादेशसँग भिड्दै नेपाल

आज बंगलादेशसँग भिड्दै नेपाल

नेपालखबर
साउन १७, २०७९ मंगलबार ९:१६, काठमाडौँ

भारतमा जारी साफ यू–२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै छ।

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्न लागेको हो। बङ्गलादेशविरुद्ध हुने खेल नेपाली समयानुसार दिउँसो ४ः१५ बजे शुरु हुनेछ। 

मंगलबारको खेलमा बंगलादेशलाई कम्तीमा ९–० गोल अन्तरले पराजित गर्न सकेको अवस्थामा मात्र नेपालले फाइनलमा सहजै आफ्नो स्थान सुरक्षित गर्नेछ। नेपालले बंगलादेशसँग जित मात्र हात पारेको अवस्थामा भने भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ। 

बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो। बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ। हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। माल्दिभ्स र श्रीलंका १–१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ। भारतसँग ८–० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आवश्यकता परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .