खेल


माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनल नजिक

माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनल नजिक

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ९:३९,

नेपालले दशरथ रंगशालामा सम्पन्न खेलमा २–१ को जित निकालेको हो।

खेलमा पुनरागमन गर्दै नेपाल जित निकाल्न सफल भएको हो। माल्दिभ्सले खेलको १८ औं मिनेटमा इब्राहिम हुसेनको गोलबाट सुरुवाती गोलको अग्रता लिएको थियो।

तर नेपालले खेलको ४३ औं मिनेटमा बराबरी गोल फर्कायो। अभिषेक रिजालले आकर्षक गोलगर्दै बराबरी गोल फर्काएका थिए।

खेलको ५२ औं मिनेटमा अनन्त तामाङले नेपालका लागि दोस्रो गोल गरेपछि नेपालले अग्रता बनाएको थियो।

अन्तत अनन्तको गोल नै खेलमा निर्णायक सावित भयो। यस जितसँगै नेपाल फाइनल नजिक पुगेको छ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

यस खेलसँगै नेपालले ३ खेलबाट ७ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको भुटानको ९ अंक छ। तेस्रो स्थानको बंगलादेशको ४ अंक छ।

आइतबार हुने बंगलादेश र नेपालबीच हुने खेलले फाइनलमा भुटानसँग अर्को प्रतिद्वन्द्वी को हुनेछ भन्ने तय गर्नेछ।

नेपाल फाइनलमा पुग्न बंगलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्नेछ। बराबरीमा रोकिएको खण्डमा वा जितेको खण्डमा नेपाल फाइनल पुग्नेछ। यदि पराजित भएको खण्डमा भने हेड टू हेडको आधारमा बंगलादेशले फाइनल खेल्नेछ। 

बंगलादेश र नेपालबीचको खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ।

गतवर्ष ढाकामा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनलमा नेपाली राष्ट्रिय टोलीलाई माल्दिभ्सले पराजित गर्दा नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको थियो। नेपालको यू २३ टोलीले माल्दिभ्सलाई पराजित गर्दै बदला लिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .