ad ad

खेल


३२ वर्षपछि म्याराथनमा नेपाललाई स्वर्ण

३२ वर्षपछि म्याराथनमा नेपाललाई स्वर्ण

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ३:५५,

११३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा पनि नेपालले स्वर्ण पदक जितेको छ।

नेपालले ३२ वर्षपछि म्याराथनमा स्वर्ण जितेको हो। सन् १९८७ को तेस्रो सागमा बैकुण्ठ मानन्धरले नेपाललाई म्याराथनमा स्वर्ण जिताएपछिको यस विधामा यो पहिलो स्वर्ण हो।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन्।

उनले २ घण्टा २१ मिनेट १७ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितेका हुन्। म्याराथनमा भारतका रसपाल सेन दोस्रो स्थानमा रहे। उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्डमा दूरी पुरा गरे।

यस्तै भारतकै श्रीसिंह तेस्रो स्थानमा रहे। उनले २ घण्टा २२ मिनेट ७ सेकेन्डमा दूरी पार गरे।

तेस्रो सागमा बैकुण्ठले कायम गरे २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समयको कीर्तिमान हालसम्म कसैले भंग गर्न सकेको छैन।

महिलातर्फ रजत
यस्तै शनिबार नै भएको महिला म्याराथनमा भने नेपालले रजत पदक जितेको छ।  स्वर्ण पदक श्रीलंकाले जितेको छ।

श्रीलंकन खेलाडी हेरुनी केसाले २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा ४२ किमि दूरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्।

नेपालकी पुष्पा भण्डारीले रजत र भारतकी खेलाडीले कांस्य पदक जितेका छन्। भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .