अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबारका लागि तय कार्यसमितिको बैठक स्थगित भएको छ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अस्वस्थताका कारण अर्को सूचना नआउँदा सम्मका लागि बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिए।
अध्यक्ष नेम्वाङको रक्तचाप बढेका कारण उनलाई ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको थियो।
आजको बैठकमा महिला साफ च्याम्पियन, नेपाल सुपर लिग, पदपुर्ती समिती गठन, सी डिभिजन छनोट, फुटबल प्रशिक्षण सञ्चालनदेखि नेपालले खेल्ने साफ र एशियन कपको यू २० र यू १७ को टिम सहभागिता लगायतका विषयमा छलफल एजेण्डा थियो।
यी बाहेक एन्फाका उपाध्यक्षद्वय दिर्घ बहादुर केसी (कुमार) र दिपक खतिवडाले ५ एजेन्डा थप्न आग्रह गरेपछि ति विषयमा छलफल गर्न अध्यक्ष नेम्वाङ तयार थिए।
यसअघि असार ९ गते बसेको पहिलो बैठकले महासचिव, कोषाध्यक्ष र वैदेशिक विभाग प्रमुख नियुक्त गरेको थियो।
Shares
प्रतिक्रिया