वर्षाको मौसममा फैलिने रोगमध्ये टाइफाइड पनि एक हो। यो रोग लागेपछि सामान्यदेखि गम्भीर परिणामसम्म देखिन सक्छ।
विशेषज्ञहरुका अनुसार विशेषगरी सरसफाइको कमी र स्ट्रिट फुडको कारण पनि टाइफाइड हुने सम्भावना हुन्छ। त्यसैले सकेसम्म घरकै खानेकुरा खाने र शुद्ध पानीको प्रयोग गर्नाले टाइफाइडबाट बच्न सकिन्छ।
कसरी फैलिन्छ टाइफाइड?
टाइफाइड ज्वरो साल्मोनेला टाइफी व्याक्टेरियाको कारण लाग्ने गर्छ। विकसित मुलुकमा खासै धेरै टाइफाइडको समस्या देखिँदैन।
यद्यपि विकासोन्मुख मुलुकमा भने यो एक गम्भीर समस्याको रुपमा देखा पर्ने गरेको छ।
विशेषगरी बालबालिकाको लागि यो रोग गम्भीर बन्ने गरेको छ। टाइफाइड सामान्य रुपमा ७ देखि १४ दिनभित्र कायम रहन सक्छ। यद्यपि केहीमा भने यो रोग ३ देखि ३० दिनसम्म पनि रहन सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर अनुमाथि ११ देखि २० करोड मानिस टाइफाइडको कारण बिरामी पर्छन्। उनीहरुमध्ये १ लाख २८ हजारदेखि १ लाख ६१ हजार मानिसको मृत्यु हुने गरेको छ।
टाइफाइडका लक्षण
जसको कारण शरीरमा थकान, छाला पहेँलो हुने, रगत बान्ता हुने र आन्तरिक रक्तश्राव हुनेसम्मको समस्या देखिन सक्छ।
कसरी बच्ने ?
सरसफाइको कमीकै कारण यो रोग लाग्ने सम्भावना बढी हुनाले घरका सबै मानिसले सफाइमा विशेष ध्यान दिनुपर्छ। खाना खानुअघि र शौचालय गएर आएपछि नियमित हात धुनुपर्छ। त्यस्तै बाहिरबाट आउँदा पनि नियमितरुपमा हात धुनुपर्छ। खोकी लाग्दा वा हाच्छ्यूँ गर्दा रुमालले मुख धुनुपर्छ।
शुद्ध पानी पिउने
टाइफाइडबाट बच्न सफाइका साथै खानेपानीमा पनि ध्यान दिनुपर्छ। सधैं शुद्ध पानी खाने बानी बसाल्नुपर्छ।
स्ट्रिट फुडबाट टाढै रहने
मनसुनको समयमा पानीपुरी तथा अन्य सडकमा राखिएका खानेकुरा खानु हुँदैन। त्यस्तै मनसुनको समयमा आफ्नो प्रतिरोधी क्षमता बढाउने किसिमका खानेकुरा खानुपर्छ।
लामखुट्टेबाट बच्नुहोस्
मनसुनको समयमा लामखुट्टे पनि धेरै रोगको कारण बन्न सक्छ। यस्तोमा यसबाट बच्न साँझको समयमा घरको सबै झ्याल र ढोका बन्द गर्ने बानी बसाल्नु होस्। बाहिर निस्किँदा लामो बाहुला भएको लुगा लगाएर मात्र निस्किनुहोस्। घरको वरपर पानी जम्ने स्थान पुर्नुहोस्।
Shares

प्रतिक्रिया