स्वीडेन र नेदरल्याण्ड्स महिला युरोपेली च्याम्पियन्सिपको क्वार्टरफाइनमा पुगेका छन्।
आइतबार भएको आ–आफ्नो खेलमा जित हात पार्दै यी दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।
आइतबारको खेलमा स्वीडेनले पोर्चुगललाई ५–० गोल अन्तरले पराजित गर्यो भने नेदरल्याण्ड्सले स्वीट्जरल्याण्डलाई ४–१ गोलले पराजित गर्यो।
यससँगै समूह सीको लिगचरणको खेल सकिएको छ। समूहमा स्वीडेन ७ अंकका साथ शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले पनि समान ७ अंक हात पारेको छ।
सोमबार लिगको अन्तिम खेलमा समूह डीका टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ।
57
Shares
प्रतिक्रिया