ad ad

खेल


स्कटल्यान्डसामु जमेन नेपालको ब्याटिङ, १२९ रनको चुनौती पेस

स्कटल्यान्डसामु जमेन नेपालको ब्याटिङ, १२९ रनको चुनौती पेस

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार १८:३१, काठमाडौँ

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपालले स्कटल्यान्डलाई १२९ रनको लक्ष्य पेस गरेको छ। 

टस हारेर ब्याटिङ थालेको नेपालले सामान्य चुनौती पेस गरेको हो। 

ब्याट्सम्यानहरु सस्तैमा समेटिँदा नेपालले ५० ओभरको खेलमा ३५.५ ओभर खेल्दै १२८ रनमात्र जोड्न सक्यो। ओपनर कुशल भुर्तेलले १६ बल खेलेर ३ रनमात्र बटुले भने आसिफ शेखले ५८ बल खेल्दै सर्वाधिक ४० रनको योगदान गरे। 

त्यसपछि देव खनाल २५ बल खेल्दै १० रन मात्र बनाएर आउट रहँदा रोहित पौडेलको पनि ब्याटिङ चलेन। पौडेल १६ बलमा १० रन बटुल्दै आउट हुन पुगे। दीपेन्द्र सिंह ऐरीले पनि आज १३ बलमा ७ रनमात्रै बटुले। आरिफ शेख २ बल खेल्दै शून्य रनमा आउट हुँदा विनोद भण्डारीले २१ बल खेली १३ रनको योगदान गरे। 

सोमपाल कामीले २४ बल खेलेर ७, करण केसीले ४ बल खेलेर ७ रन बनाए। कप्तान सन्दीप लामिछानेले भने दोस्रो सर्वाधिक रन बनाउने क्रममा २७ बल खेलेर २२ रन बटुले। किशोर महतोले ९ बल खेले पनि रन लिन सकेनन्। स्कटल्यान्डले ९ अतिरिक्त रन उपहार दिएको थियो। 

स्कटल्यान्डको बलिङ जमेको थियो। उसका चार बलरले मेडन ओभर बलिङ गरेका थिए। साफ्यान शरिफले २ मेडन ओभर बलिङ गरेका थिए। उनले विकेट लिन सकेनन्। मार्क वाटले ८ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन दिएर ३ विकेट झारे। हाम्जा ताहिरले १ मेडनसहित २६ रन दिएर ४ विकेट झार्दा गाभिन मेनले ७ ओभरमा १ मेडनसहित ४४ रन दिएर २ विकेट लिए। क्रिस्टोफर म्याकब्राइडले ६ ओभर बलिङ गरी २६ रन दिएर १ विकेट झारे। 

स्कटल्यान्डले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .