ad ad

खेल


रोनाल्डो भित्र्याउन साउदी अरेबियन क्लबले गर्‍यो साढे १२ करोड युरोको अफर

रोनाल्डो भित्र्याउन साउदी अरेबियन क्लबले गर्‍यो साढे १२ करोड युरोको अफर

नेपालखबर
असार ३०, २०७९ बिहिबार १७:२१, काठमाडौँ

पोर्चिगिज स्टार फरवर्ड क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउनका लागि साउदी अरेबियन क्लबले आकर्षक प्रस्ताव पठाएको छ। 

साउदी अरेबियन क्लबले रोनाल्डोलाई अनुबन्ध गर्न म्यानचेष्टर युनाइटेडसामु प्रस्ताव पठाएको हो। सीएनएन पोर्चुगलका अनुसार साउदी अरेबियन क्लबको प्रस्ताव युनाइटेड र रोनाल्डोले स्वीकार गरेमा वार्षिक १२५ मिलियन युरो पाउनेछन्। 

सम्झौताअनुसार युनाइटेडले ३५ मिलियन युरो पाउनेछ। जुन रकम गत सिजनमा युभेन्टसलाई तिरेको भन्दा धेरै हा। सम्झौता भएमा एजेन्टले मात्र २४ मिलियन युरो पाउनेछ।

दुई वर्षका लागि प्रस्ताव गरिएको सम्झौता अनुसार रोनाल्डोले २५० मिलियन युरो पाउनेछन्। 

तर यता म्यानचेष्टर रोनाल्डालाई बेच्न तयार नभएको चर्चा छ। युनाइटेडले प्रि– सिजनको तयारीमा ढिला फर्कनको लागि क्लबलाई अनुमति दिइसकेको छ। क्लबले रोनाल्डो आफुहरुको तयारीमा रहेकाले उनलाई अन्त पठाउने कुनै योजना नभएको जनाएको छ। 

साउदी अरेबियन क्लबको प्रस्ताबबारे आएको अपवाह पढेको र रोनाल्डोसँग कुराकानी गरेको छ। यसबारेमा दुवै पक्षले स्पष्ट कुराकानी गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .