ad ad

खेल


राष्ट्रिय प्रतियोगिताका लागि ट्रफी बनाइने, ३ चोटि लगातार जिते विजेताले पाउने

राष्ट्रिय प्रतियोगिताका लागि ट्रफी बनाइने, ३ चोटि लगातार जिते विजेताले पाउने

नेपालखबर
असार २४, २०७९ शुक्रबार १६:२०, काठमाडौँ

असोज अन्तिम साता गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफी निर्माण गरिने भएको छ।  

काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक कमिटीको पहिलो बैठकले राष्ट्रिय प्रतियोगिताका लागि ट्रफी बनाइने र लगातार तीन प्रतियोगिता जित्ने विजेतालाई सो ट्रफी प्रदान गरिने निर्णय गरेको हो। 

नवौँ खेलकुदअघि ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने, लगातार तीन वटा प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरिने पनि निर्णय भएको छ। 

यस्तै प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने र विभिन्न १४ वटा उपसमिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। 

नवौँ खेलकुदका लागि ७ प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टोली सहभागी गराउने र ३६ विधामा स्पर्धा गराउने निर्णय गरेको छ। नवौँ खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट स्वीकृत भएको छ। 

पहिलो बैठकमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले तोकिएको मितिमै प्रतियोगिता सञ्चालन हुने बताएका छन्। 

कोभिडका कारण लामो समयदेखि रोकिएको प्रतियोगिता संचालन गरेर खेलकुद क्षेत्रमा देखीएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले भब्य रुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गरे। 

‘यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्नेछौंँ। उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता संचालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिनेछ’, मन्त्री अथकले भने, ‘मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ।’

मन्त्री अथकले प्रतियोगिता आयोजनाकालागि पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए।

बैठकमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषदका सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा ३ वटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागीता रहेको थियो। 

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .